गत आर्थिक वर्ष २०८१/८२ मा नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकको सेयर कारोबार एक खर्ब ९१ अर्ब २८ करोड पुगेको छ। यस अवधिमा ६ करोड ५३ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर २२ लाख ६३ हजार ४२० पटक लेनदेन दर्ता भएको नेप्सेले जनाएको छ।
कारोबार रकममा कुमारी बैंक (२१.९६ अर्ब) पहिलो, प्रभु बैंक (१५.७३ अर्ब) दोस्रो र ग्लोबल आइएमई बैंक (१३.४४ अर्ब) तेस्रो स्थानमा छन् भने हिमालयन बैंक (५.६१ अर्ब) सबैभन्दा पछि छ।
चौथोमा एनआईसी एसिया बैंकको कारोकार १३ अर्ब ११ करोड ६८ लाख रुपैयाँको छ । ११ अर्ब ७० करोड १२ लाख कारोबारसहित नबिल बैंक पाँचौं नम्बरमा छ ।
सबैभन्दा कम कारोकार हिमालयन बैंकको भएको छ । यो बैंकको गत आर्थिक वर्षमा ५ अर्ब ६१ करोड ७९ लाखको कारोबार भएको छ ।
यसैगरी कृषि विकास बैंकको ६ अर्ब ५० करोड ७१ लाख, एभरेष्ट बैंकको ११ अर्ब ४९ करोड ४४ लाख, सिटिजन्स बैंकको ५ अर्ब ८७ करोड ६ लाख , लक्ष्मी सनराइज बैंकको १० अर्ब ९८ करोड ५५ लाख, माछापुच्छ्रे बैंकको ७ अर्ब ३५ करोड ६ लाख, नेपाल बैंकको ८ अर्ब ३४ करोड ३ लाखको सेयर कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११ अर्ब २६ करोड २३ लाख, नेपाल एसबीआई बैंकको ८ अर्ब ९० करोड १५ लाख, एनएमबि बैंकको ६ अर्ब १३ करोड ९४ लाख, प्राइम बैंकको ८ अर्ब ८२ करोड, सानिमा बैंकको १० अर्ब ६५ करोड ३४ लाख, सिद्धार्थ बैंकको ६ अर्ब ७१ करोड ४४ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ अर्ब ६४ करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ ।


