Banijya News

आरबीआईले ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने

1
1.1K Shares

भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको छ । आरबीआईले ब्याजदर ५.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको हो ।
आरबीआईले गत जुनमा ब्याजदर ०.५० प्रतिशतले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो ।

अगस्ट ४ देखि ६ सम्म बसेको आरबीआईको मौद्रिक नीति समितिको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । आरबीआई गभर्नर सञ्जय मल्होत्राले आज यसबारे जानकारी दिएका हुन् ।

आरबीआईले यो वर्ष लगातार तीन पटक ब्याजदर १ प्रतिशतले घटाएको छ । फेब्रुअरीमा भएको बैठकमा ब्याजदर ६.५० प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको थियो । करिब ५ वर्षपछि मौद्रिक नीति समितिले यो कटौती गरेको थियो ।

त्यस्तै अप्रिलमा भएको बैठकमा दोस्रो पटक ब्याजदर ०.२५ प्रतिशतले घटाइएको थियो । तेस्रो दर कटौती जुनमा भएको थियो । हाल आरबीआईको रिपो दर ५.५० प्रतिशत रहेको छ ।

1

Scroll to Top