काठमाडौं: नारायणी डेभलपमेन्ट बैंकले पशुपति पौडेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
साउन ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। पौडेलले भदौ महिनादेखि आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्।


