सिद्धार्थ बैंकको अध्यक्षमा केडिया निर्वाचित, लिए शपथ
काठमाडौं । सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया सर्वसम्मत रुपमा चयन भएका छन् । बैंकको सञ्चालक समितिको ३६२औं बैठकबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् । केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी पछिल्लो चार वर्षदेखि अध्यक्ष छन् ।

