Banijya News

समाचार

मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी […]

मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक

कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण…


  • मार्टिन गप्तिलले एनपीलको दोस्रो सिजन पनि विराटनरबाट खेल्ने

    मार्टिन गप्तिलले एनपीलको दोस्रो सिजन पनि विराटनरबाट खेल्ने

    विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपील) को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल लाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ । गुप्टिलले आईसीसी विश्वकप र टी–२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्यूजिल्याण्डका लागि एक प्रमुख खेलाडी हुन्। सन् २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको कीर्तिमान तोडेका थिए…

  • कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

    कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

    नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नास आईटीले आईतवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर,…

  • नेपाल एयरलायन्सका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

    नेपाल एयरलायन्सका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति…

  • राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । आदेशको प्रति सार्वजनिक हुन बाँकी छ ।

  • माओवादी र एकीकृत समाजवादीले २० गते पार्टी एकता गर्दै

    माओवादी र एकीकृत समाजवादीले २० गते पार्टी एकता गर्दै

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । उनका…

  • एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

    एक अर्ब लगानीमा सुविधा सम्पन्न हाउजिङ बनाउँदै बोधी होल्डिङ्स

    लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण लुम्बिनी क्षेत्रमा सुरु गरिएको यो परियोजना प्रदेशकै पहिलो व्यवस्थित, सुरक्षित र…

  • तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो

    तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो

    तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफामा उल्लेख्यनिय वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत…

  • सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

    सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा आधारित बनाइने

    सरकारले सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाइने भएको छ l अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति ल्याउँदै सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउने योजना अघि सारेको हो । नीतिअनुसार हरेक सार्वजनिक संस्थानद्वारा उपलब्ध हुने वस्तु तथा सेवाको विस्तृत जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराउने व्यवस्था…

  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

    निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साम्पाङ स्वयं उपस्थित भएका छन् । साम्पाङले गत असोज १२ गते दल दर्ताको निवेदन दिएका थिए । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।

  • राष्ट्र बैंकले उपदान र पेन्सन कोषको दुई अर्ब ६० करोड निक्षेप राख्ने

    राष्ट्र बैंकले उपदान र पेन्सन कोषको दुई अर्ब ६० करोड निक्षेप राख्ने

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । आइतबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेप राख्न लागेको हो । बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने जनाएको छ । बैंक वित्तीय संस्थामा…

Scroll to Top