विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी
नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो। गत असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ मात्र थियो। राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत नै यही विदेशी लगानी हो।…

