Banijya News

समाचार

अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक रहेको बताएका छन् । सोमबार उनले […]

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो । यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ। विभागले नेपालमा आयात भइरहेको…


  • Default Image

    राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने

    नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेपछि बैंठक स्थगित भएको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका…

  • Default Image

    नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नेपाल पुनर्बीमा कम्पनी को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले जेठ…

  • Default Image

    ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ग्लोबल आइएमई बैंकलाई

    ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक…

  • Default Image

    सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास…

  • Default Image

    बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार…

  • Default Image

    सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द

    सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको हो । नेपाल बिमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि यस इन्सुरेन्सको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको अनुमति नलिइ एकै…

  • Default Image

    उड्डयन प्राधिकरण, निगम र एयर इन्डियाविरुद्ध आन्दोलन गर्ने पर्यटन मजदुर संघको चेतावनी

    विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले सरकारको अधिनमा रहेका संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । सोमबार युनियन अफ ट्रेकिङ ट्राभल्स र्याफ्टिङ वर्कर्स नेपाल (युनिट्राभ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरण…

  • Default Image

    भक्तपुरको प्लाइ कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति, दुई जना घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा करिब दुई करोड रुपैयाँको क्षति भएको   वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो । विद्युतसर्ट भएर आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका…

  • Default Image

    नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।…

Scroll to Top