ढुवानी व्यवसायीका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने मन्त्री भण्डारीको प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै यो कुरा राखेका हुन् । मन्त्री भण्डारीले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरे । उनले ढुवानी व्यवसायीले बजारमा एकाधिकार…

