Banijya News

समाचार

कैलालीका एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द

कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चा पदार्थ को अभाव, सञ्चालन […]

रामेछापमा निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

  जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा…


  • Default Image

    सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    पूर्वसभामुख तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ परेका छन् ।   विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका महरा कपिलवस्तुबाट आज पक्राउ परेका हुन् ।  उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै गरिएको  प्रहरी महानिरीक्षक बसन्त कुँवरले…

  • Default Image

    बैंक तथा वित्तीय संस्थाहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

    बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् । यसमध्ये अधिकांश १७ वटा बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर…

  • Default Image

     होण्डाले नेपालमै खोल्यो एसेम्ब्ली प्लान्ट

      होण्डाका दुई पांग्रे सवारीको एसेम्ब्ली अब नेपालमै हुने भएको छ। मंगलबार होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले भैरहवामा होण्डाको ’एसेम्ब्ली प्लान्ट’को उद्घाटन गरेका हुन्। उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा संघीय सभासद माननीय छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष…

  • Default Image

     हिउँमा फसे ८ जना, हेलिकप्टरबाट उद्धार गरिँदै

    जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा ८ जना हिँउमा फसेका छन्।जडीबुटी संकलन गर्न गएका उनीहरू ओडारमा बसिरहेका छन्। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले हिँउमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टर जान लागेको जानकारी दिए। उनीहरू यही फागुन १८ गते  जडीबुटी संकलनका लागि जुम्लाको बजेडी पाटन पुगेका थिए।जसमा तातोपानी गाउँपालिका–७…

  • Default Image

    साढे चार हजार भन्दा बढी व्यवसायी कारबाहीमा

      नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो…

  • Default Image

    शंकास्पद बन्दै शालिन मृत्यु प्रकरण

    यही फागुन १२ गते चितवनको रत्ननगर १० स्थित एकता शिशु निकेतनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल मृत भेटिइन्। शालिन चार वर्षको उमेरदेखि रत्ननगर १२ स्थित मावलीमा बस्दै आएकी थिइन् । उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन् । उनका बुवा/आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । उनकी…

  • Default Image

    साताको अन्तिम कारोबारको दिन २८ अंकले घट्यो नेप्से परिसूचक

    साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको…

  • Default Image

    दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

    दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा. रोसन पोखरेलले विष्टलाई एकलाख नगद पुरस्कार सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार…

  • Default Image

    विभिन्न धनमाल चोरी

    चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै…

Scroll to Top