Banijya News

प्रतिनिधि सभा विघटनविरुद्धका १० रिट दर्ता, कात्तिक १२ मा संवैधानिक इजलासमा सुनुवाइ हुने

1
1.2K Shares

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १० वटा रिट निवेदन दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ। यी रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

सरकार गठन प्रक्रिया असंवैधानिक भएको र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा १० वटा रिट निवेदन परेका थिए। बुधबारसम्म १३ वटा रिट अदालतमा पुगे पनि प्रक्रिया पुगेका १० वटा मात्र दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रक्रिया नपुगेकाले बाँकी रिटहरू भने हालसम्म दर्ता भइसकेका छैनन्।

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा क्षति पुगेपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगन भएको थियो। मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधि सभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन्।

1

Scroll to Top