Banijya News

सनराइज बैंकद्धारा श्वेता श्री फाउण्डेसनलाई ५ लाख सहयोग

1
1.1K Shares

सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेसनलाई ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फाउन्डेसनलाई सहयोग गरेको हो ।

शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेसनलाई चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण गर्दे शर्माले विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको जनाए ।
यस्तै नायिका श्वेता खड्काले फाउन्डेसनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाइन् । सो फाउन्डेसनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

1

Scroll to Top