Banijya News

एनएमबि बैंकले गाडी खरिद गर्न चाहनेका लागि २४ घण्टाभित्रै दिने भयो ऋण

1
1.1K Shares

२५ असोज, काठमाण्डौ


एनएमबि बैंकले कियाका गाडी खरिद गर्न चाहनेका लागि २४ घण्टाभित्रै ऋण दिने भएको छ । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएसँगै२४ घण्टाभित्रै बैँकले ऋण दिने भएको हो ।
यसका लागि समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङका निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन्।


सम्झौता अनुरुप अब एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लि. द्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

1

Scroll to Top