२९ असोज, काठमाण्डौ ।
यो वर्ष शिवम् सिमेन्ट्सले आफना सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २४।२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


