Banijya News

विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित

1
1.2K Shares

पथलैंया–वीरगन्ज औद्योगिक कोरिडोरका डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल तिर्न बाँकी रहेकोे तीन ठूला उद्योगले किस्ता तिरेर नियमित उत्पादन थालेका छन् । हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले विद्युत महसुल किस्तामा तिर्न थालेपछि उद्योगको उत्पादन नियमित भएको छ ।

हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल किस्तामा तिर्ने प्राधिकरणसँगको सहमतिपछि पहिलो किस्ता तिरेपछि ३ ठूला उद्योगमा विद्युत नियमित भएको प्राधिकरणले जनाएको छ ।

हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रंकलाइनबापत ५ करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत २० लाख ८९ हजार रुपैयाँ बुझाएको छ । हुलास स्टिलले तिर्न बाँकी १४ करोड १२ लाख रुपैयाँलाई २८ किस्तामा तिर्ने प्राधिकरणसँग सहमति गरेको र ५० लाख ४३ हजार किस्ता तिरेको छ ।

अशोक स्टिलले बुझाउनुपर्ने बाँकी महसुल १७ करोड ५८ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणका सिमरा केन्द्र प्रमुख रमेश रुपाखेतीले जानकारी गराए । जस्तापाता उत्पादनमा प्रख्यात रहेको भारतमा समेत निर्यात गर्ने हुलास स्टिलको गत आर्थिक वर्षमा ६५ हजार टन उत्पादन गरी बिक्री गरेको कम्पनीले जनाएको छ ।

जस्ता, पाइप, आल्मुनियमका झयाल, ढोका, पोललगायतका करिब एक दर्जन बढी प्रकारका उत्पादन गर्ने हुलास स्टिलमा स्थाई, करार, आपूर्तिकर्तामार्फत प्रयोग हुने श्रमिकसहित ११ सय जना कर्मचारी रहेका छन् । यो कम्पनी पनि किस्तामा महशुल तिरेर पूर्ण रुपमा संचालनमा आएको हो ।

पछिल्लो समय आफैले फलामको ब्लेड बनाई छड, पत्तिको उत्पादन र बिक्री थालेको अशोक स्टिलले बजार र बिक्री उच्च नहुँदा उत्पादन क्षमता घटाएको छ । हामा आइरनले उत्पादन गर्ने उच्च गुणस्तरको टीएमटी छड ठूला पूर्वाधार निर्माण कम्पनीको मागअनुसार उत्पादन गर्ने गरेको बारा–पर्सा औद्योगिक कोरिडोरका सभापति संजय साहले जानकारी गराए ।

भुक्तानीको विवरण निम्न अनुसार छ:

उद्योगको नामकुल बाँकी महसुल (रु.)किस्ता संख्यापहिलो किस्ता (रु.)
हुलास स्टिल१४ करोड १२ लाख२८ किस्ता५० लाख ४३ हजार
अशोक स्टिल१७ करोड ५८ लाख६३ लाख
हामा आइरन५ करोड ८५ लाख२० लाख ८९ हजार
1

Scroll to Top