हुुन्डाई मोटर कम्पनीले ५७ वर्षको यात्रा पूरा गरेको छ । सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको बताएको छ।
हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ। यो महत्वपूर्ण उपलब्धि मनाउँदै गर्दा, कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ।
सन् १९६७ मा स्थापना भएको हुुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो, जसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधानहरू प्रदान गर्दछ ।
नेपालमा हुुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ। वितरक भए देखि नै कम्पनीले देशभर हुुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


