७ कात्तिक, काठमाडौं ।
‘यस्तै त हो नि ब्रो’ का गायक र्यापर समीर घिसिङ भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो । उनले गीतमा पुलिस चौकिभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने बाक्य समेत प्रयोग गरेका थिए ।
अहिलेसम्म कुनै एल्बम सार्वजनिक नगरेका र्यापर उनले स्टेजमा तहल्का मच्चाउँछन्। अन्डर ग्राउन्ड गीतमार्फत् चर्चामा आएका उनका गीत युट्युबमा पाइन्छन्। लफङ्गा, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो, हामी यस्तै त हो नि ब्रो उनका चर्चित गीत हुन्।
प्रहरीले केही दिन पहिले मात्र बीच बीचमा बोलका गायभ दुर्गेश थापालाई समेत नियन्त्रणम लिएको थियो ।
उनको गितमा भएका केही शब्द यस्ता पनि छन् ।
अस्पताल गएको थिएँ अस्ति पट्यादिए मैले नर्सलाई
च्यप्प समातेर हानिदिए मैले त्यो नर्सको घाँटीमै लभ बाइट
यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, बाल अहिले म त झ्याप
चौकी छिर्या डिएसपीलाई दिए अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबलाई आयो हार्ट अट्याक
** ** ** ** ** ** ** **
गीतमा नमस्कार नेता भन्दै उनी गाउँछन्
सबै दाजुभाई बनाउ नेपाली टोली
यसो हेराउ त नेपाललाई आफ्नो आँखा खोली
हामी बोलौं एक बोली, मन्त्री बने केपी ओली
यस्तो पाराले के हुने हो भोलि?


