Banijya News

राष्ट्रपतिबाट प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

1
1.1K Shares

१९ कार्तिक, २०७६, काठमाडौँ । राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाँई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) रहेका छन् । राष्ट्रपतिबाट शपथ लिएसँगै प्रदेश प्रमुखहरुले पदभार ग्रहण गर्नेछन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

1

Scroll to Top