Banijya News

दोहोरो अङ्कले बढ्यो नेप्से, शिवम् र एनआइसी एशियाले गर्यो लिड

1
1.1K Shares

पुस २०, काठमाडौैं ।

साताको पहिले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५१ विन्दुले बढेर २५५.६९ मा पुगेको छ ।
कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको हो ।

कारोबार भएका कूल १२ उपसमूहको नै शेयर बढेको छ । बैंकिङ १६.७४, व्यापार ६.३५, होटल १०.६४, विकास बैंक १९.३६, जलविद्युत् ८.६७, वित्त ३.८६, निर्जीवन बीमा ५९.२९, उतपादन २.३९, अन्य २.७७, लघुवित्त ४०.२४, जीवन बीमा ८३.६८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

आजको कारोबारमा पहिलो स्थानमा शिवम् सिमेन्ट रहयो । उत्त कम्पनीको रु पाँच करोड ६२ लाख २७ हजार ३८४ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशियाको रु चार करोड ३४ लाख ४१ हजार १२८, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड २१ लख ५३ हजार ४५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड पाँच लाख ४६ हजार ६६६, हिमालयन डिस्टिलरीको रु दुई करोड ५० लाख १८ हजार ५१८, नागरिक लगानी कोषको रु दुई करोड ३२ लाख ३७ हजार ३७९ मा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

1

Scroll to Top