पुस २५, काठमाठौं ।
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको छ । नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार पछिल्लो केही दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको दुलालको दाबी छ । राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । त्यसको असर एक महिना पनि नपुग्दै सवारीसाधन क्षेत्रमा देखिएको हो ।
पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधनहरु समेत डेलिभरी गर्न समस्या देखिएको छ । व्यवसायीहरुले चालु आर्थिक वर्षमा सवारी साधनको विक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अभैm व्यापार घट्ने बताउँदै आएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने देखिएको छ ।


