माघ १५, काठमाडौ ।
नेपाली गिरोह वनाएर भारतमा चोरी गरेर सीमा क्रस गर्दे नेपालमा आयर लुक्ने क्रम बढेर गएको छ । नेपालमा रोजगारी नपाएपछि पश्चिमी क्षेत्रका अधिकांस युवा युवती रोजगारीको लागि भारत जाने गरेका छन् । भारत जाने मध्ये अधिकांश नेपाली सुरुमा घरेलु काममा लाग्ने गरेका छन् । त्यसमध्ये खराब नियत भएका नेपालीले कममा लाग्दा आफ्नो परिचयसमेत गलत बताउँने गरेका छन् । यस्को एकै कारण हो पूर्व तयारी सहित चोरीको धन्दामा लाग्नु ।
परिवारको आर्थिक अवस्था, धनसम्पत्ती राख्ने स्थान देखि अन्य रहनसहन थाहा पाएपछि चारीको आफ्नो तयारी पुरा गर्न नेपालीले यस्तो गर्दे आएका छन् । परिवारका सबै कुरा थाहा पाएपछि घरका सदस्यलाई खानामा निदाउाने औषधी मिसाएर खुवाउने र लठ भएपछि नगद र गरगहना चोरेर भाग्ने गरेका छन् ।
यसरी चोरी डकैती गरेर आउनेहरु नेपालमा पनि विभिन्न अपराध कर्ममा लाग्ने गरेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीका अनुसार हाल भारतमा चोरी डकैती गर्ने ६५ जना अहिले पनि प्रहरी हिरासतमा छन् । तर स्पष्ट कानुनी व्यवस्था नहुँदा उनीहरु उम्कन सफल भएका छन् । यसरी नियन्त्रणमा लिएका लाई सार्वजनिक मुद्दामा २५ दिन बढी राख्न मिल्दैन ।
दुई देशबीच पारस्परिक सहायता समबन्धी स्पष्ट कानुन नहुँदा डकैतीमा संलग्नले प्रशय पाइरहेको छन् । भारतमा जति ठुलो चोरी गरेपनि नेपाल आएर पक्राउ परेपनि भारतमा बुझाउान नपाइने र नेपालमा सार्वजनिक मुद्दा वाहेक अन्य कारबाही गर्न नमिल्ने कानुनी जटिलताका कारण चोरी डकैतीका मुद्दा बढदै गएका हुन् ।


