२७ माघ, २०७६, काठमाण्डौ ।
आज सोमबार नेपाली बजारमा सुनको मूल्य आज स्थीर रहेको छ । सुनको मूल्य हिजोसम्म उकालो लागेको थियो ।
आइतबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा परिवर्तन नभएर आजपनि सोही मूल्य नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ८ सय ८० रुपैयामा नै कारोबार भइहेको महासंघले जनाएको छ ।


