Banijya News

किशोरीलाई करणी गर्ने व्यापारी श्रेष्ठलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन

1
1.1K Shares

०२ फागुन ।
जबरजस्ती करणी गरेको आरोप लागेका व्यापारी अर्जुन श्रेष्ठलाई कडा कारबाहीको माग गर्दै तौलिहवामा विरोध प्रदर्शन गरिएको छ । उनलाई १४ वर्षीया किशोरीलाइ करणी गरेको आरोप लागेको छ ।
श्रेष्ठलाई नियन्त्रणमा लिएर कडा कारबाही गर्नुपर्ने माग राख्दै स्थानीय महिलाहरुले तौलिहवास्थित प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
करणीको आरोप लागेका अर्जुन श्रेष्ठले कपिलस्तु नगरपालिका वडा नम्बर १ नयाँटोलमा रहेको आफ्नै गुट्खा उद्योगमा काम गर्दै आएकी किशोरीलाई जबरजस्ती करणी गरेका थिए ।

1

Scroll to Top