Banijya News

बालुवाटार जग्गा प्रकरणमा सिआइवीद्धारा मुद्धा दर्ता, अव सबैलाई पक्राउ गर्न मिल्ने

1
1.1K Shares

फागुन ४, काठमाडौं ।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौ जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै अब सीआईबीले आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने सक्ने छ । गृह मन्त्रालय अन्र्तगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसचिव समेत १ सय ७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।
जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १ सय ७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो । ललिता निवासको १ सय ३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते गच्छदारसहित १ सय १० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ । ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

1

Scroll to Top