Banijya News

प्रचण्ड निवासमा नेकपाको शीर्ष नेताहरुको बैंठक जारीः ओलीका विरुद्ध नयाँ खिचडी पाक्दै

1
1.1K Shares

फागुन १६, काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा यतिखेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक शीर्ष नेताको छलफल चलिरहेको छ । वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम महासचिब विष्णु पौडेल उर्जा मन्त्री बर्षामान पुन लगायतका नेताबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल चलिरहेको छ ।
बिहान साढे आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा केन्द्रीत रहेको पाटी निकट स्रोतको भनाई छ । नेकपामा पछिल्लो समय नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा तिब्र विवाद देखिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर, त्यो निर्णयप्रति अध्यक्ष ओली असन्तुष्ट भएपछि प्रम ओलीको चुनौती दिनको लागि पाटीका शिर्ष नेताहरु भेलमा सहभागी भएका हुन् ।
उनले गौतमलाई राष्ट्रिय सभामा मनोनितको लागि सरकारले सिफारिस नगर्ने बताएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ । ओली हालका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन् । यता खतिवडा पनि आफै २३ गते आफैले सपथग्रहण गर्ने भन्दै हिडन थालेका छन् ।
नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओलीबाहेकका शीर्ष नेताबीच भएको यो वार्तालाई चासोको साथ हेरिएको छ । ओलीले
छलफलमा बरिष्ठ नेता खनालले पाटीको सचिबालयको निर्णय नमानेमा ओलीलाई प्रधानमन्त्री बाट नै हटाउँनु पर्नेसम्मको धारण राखेको निवास स्रोतले बताएको छ ।

1

Scroll to Top