Banijya News

पूर्व संचार मन्त्री बाँस्कोटाले हाले अदालतमा मुद्धा

1
1.1K Shares

फागुन १६, काठमाडौं ।
करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रिन्टर खरिदका लागि ५५ करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट एकाएक राजिनामा दिएका पूर्व मन्त्री गोकुल बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेका छन् ।
आफूविरुद्ध झुट्टा लाञ्छना लगाएको भन्दै उनले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् । तर उनले कस्का विरुछ मुद्धा दर्ता गराएका हुन त्यो भने खुलाईएको छैन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत मुद्दा दायर गरेको बताएका हुन् । उनले टिवटमा लेखेका छन् ’म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’ उनले भनेका छन् ।
बास्कोटा स्वीस कम्पनीका एजेण्ट भनिने विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टर खरिदका क्रममा आउने ७४ करोड कमिसनमा ५५ करोड बाँस्कोटाले मागेको भन्दै अडियो सार्वजनिक गरेका थिए ।

उनले लेखेको जस्ताको तस्तै
Gokul Prasad Baskota@GokulPBaskota
·48m

म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।

1

Scroll to Top