१९ फागुन, काठमाण्डौ ।
नेपाल सरकारले फागुन २४ गते देखी ‘ अन अराइभल ’ भिसामा रोक लगाएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको त्रासको कारणले सरकारले उक्त भिसामा रोक लगाएको हो । सरकारले चीनसहित पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ । गृह मन्त्रालयले हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ७ देखि मार्च ३१ सम्म अनअराइभल भिसामा रोक लगाएको हो । नेपालले विश्वका १३ मुलुकका नागरीक लाई अन अराईभल भिसा उपलब्ध गराउदै आएको छ ।
साथै नेपाल आउने विदेशी नागरिकले अब निरोगीताको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले यो निर्णय कोरोना रोकथामको लागि गरेको बताएको छ ।
कोरोना भाइरसको उच्च जोखिमयुक्त मुलुकको सुचिमा परे संगै सरकारले त्रिभुवन अन्र्ताराष्ट्रिय विमानस्थलमा नेपाल आउने र बाहिरिने दुबैको स्वास्थ्य परिक्षण गर्ने भएको छ । यसको साथै नेपाली नागरिकलाई चिन , जापान , दक्षिण कोरिया , ईरान तथा ईटालीलगायत कोरोना प्रभावित मुलुकमा जान रोक लगाउने भएको छ ।
कोरोना भाईरसको त्रासले ‘नेपाल भ्रमण वर्ष २०२०’ को विदेशमा गरीने प्रचार–प्रसार पनि स्थगित गरिसकेको छ । हाल सम्म युरोप जापान सहित ४९ मुलुकमा कोरोना फैलिएको छ ।
आइतबार पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा सरकारी निकायका प्रमुखहरु सम्मिलित बैठकले यस रोगको प्रभाव न्यूनिकरणका लागि आवश्यक परेमा नेपालले उडान रोक्ने बारेमा पनि छलफल गरेका छन् । सोही अनुरुप नागरीक उड्डयन प्राधिकरण लाई २ दिन भित्र प्रतिबेदन बुझाउन निर्दैशन दिएको छ ।
हाल नेपालमा २८ ओटा विमान सेवा कम्पनीले अन्र्ताराष्ट्रिय उडान गर्दै आएका छन् । पछिल्लो समय कोरोना भाइरसकै कारण नेपाल–चिन उडान कटौती गरिएको छ । नेपाल बाट हिमालयन एअरलाएन्स , चिनको सिचुवान एअरलाएन्स र तिव्वत एअरलाएन्सले नेपाल–चिन उडान स्थगित गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनले नेपाल लाई कारोनाको उच्च जोखिमको सुचिमा राखे संगै सरकारले यसबारे थप सक्रियता देखाएको हो । यसअघि कोरोना प्रकोपको आवश्यक तयारी नगरेको भन्दै सरकारले आलोचना खेप्दै आएको थियो ।


