Banijya News

कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ आयो

1
1.1K Shares

२० फागुन, २०७६ ।
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।
आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई भर्ना गरिएको थियो।

कोरिया र चीनको कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्रबाट फर्केका नेपाली नागरिक घर आइसके पछाडि ज्वरो आउँदा अस्पताल आएका कारण उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएकोमा १९ जना सकुशल घर फर्किसकेका छन् ।

1

Scroll to Top