Banijya News

चलचित्र निर्माण संघले फिल्म छायांकन केही समय रोक्न भनेपनि मान्दैनन् निर्माताः धमाधम छायांकन हुदै

1
1.1K Shares

२९ फागुन, काठमाडौं ।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला छायांकन रोक्न चलचित्र निर्माण संघले आग्रह गरेतापनि चलचित्र निर्माताले भने टेरेका छैनन् । अहिले पनि केही चलचित्रको छायांकन धमाधम भैरहेको छ ।
पोखरामा आजबाट दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘२ नम्बरी’ को छायाँकन सुरु भएको छ । छायाँकनको पहिलो दिन बिहिबार अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेनले फिल्मका लागि दृश्य दिइरहेका छन् ।

फिल्म ‘२ नम्बरी’


यसअघि नै, काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्र ए मेरो हजुर ४ को छायांकन सुरु भइसकेको छ । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो

चलचित्र ए मेरो हजुर ४


त्यस्तै, नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिसकिएको छ । चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

चलचित्र ‘परदेशी २’
1

Scroll to Top