Banijya News

ग्यास र पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने दुई पक्राउ, कृतिम अभाव सिर्जना गर्ने विरुद्द ११३७ मा फोन गर्न सकिने

1
1.1K Shares

५ चैत्र, काठमाडौँ ।
कारोना भाइरस महामारीको रुप लिदै विश्वभर फैलिरहेका बेला कालो बजारी गरेर बजारमा ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई व्यापारी लाई जनही दुई लाखका दरले जरीवाना गरीएको छ ।
सत्याल एण्ड किराना पसल टिका भैरव र मैतीदेवी पेट्रोल पम्प लाई जनही दुई लाखका दरले जरीवाना गरिएको हो ।
मंगलबार बिभागको अनुगमनका क्रममा मैतिदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला पारेको थियो ।
‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । अनुगमनको क्रममा पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।
त्यस्तै सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएकोले कारकाही गरेको विभागले जनाएको छ ।
यसैबिच, आज बुधबार नेपाल आयल निगमले प्रेस विज्ञप्ती निकाल्दै ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्ता लाई कडा कारबाही गर्ने जनाएको छ ।
निगमले विज्ञप्तिमा भनेको छ ‘आम–उपभोक्ता वर्ग, हल्लाको पछि लागेर अत्यन्त प्रज्वलनशील पदार्थहरुको भण्डारण नगर्नु हुन तथा आवश्यक भन्दा बढी ग्यासको सिलिण्डर घरमा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछ ।‘
कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम मुल्य लिने काम कुनै पनि व्यापारीक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।

1

Scroll to Top