Banijya News

कोरोनाको महामारीविरुद्ध लड्न एनआरएनको १ करोड रुपैयाँ सहयोग

1
1.1K Shares

चैत १०, काठमाडौं ।
कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संघको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री प्रयोगको लागि उक्त राहत घोषणा गरेको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत गरेका थिए ।
स्वदेश तथा विदेशमा रहेका मनकारी दाताहरु सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको छ ।

1

Scroll to Top