Banijya News

खाद्यबस्तु विक्री गर्ने पसल खोल्न सरकारको आग्रह

1
1.1K Shares

चैत १२, काठमाडौं ।
सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । लकडाउनको पहिलो दिन आवश्यक मानिएका पसलहरु बन्द भएको पाइएपछि खोल्न आग्रह गरेको हो ।
‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर पसल खेल्न निर्देशन दिएको हो । ग्रहले विज्ञाप्तिमा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।
यस्तै नेपाल—भारत सीमामा अलपत्र परेकालाई नेपाल प्रवेश गर्न पनि दिइएको गृहले जनाएको छ ।

1

Scroll to Top