Banijya News

कोरोनाबाट ज्यान गुमाउने २१ हजार बढी,गएको २४ घन्टामा मात्रै विश्वभर २२ सय ९७ को मृत्यु

1
1.1K Shares

१३ चैत, काठमाडौं ।

संसारभरी प्राणघातक  कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २२ सय ९७ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सबैभन्दा बढी इटालीमा ६८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।

गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् ।

कोरोना भाइसका कारण विश्वभर हाल ३ लाख ३३ हजार २ सय ३५ जना संक्रमित छन्।

संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्। अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ४४ जनामा यसको संक्रमण पुष्टि भएको छ।

नेपालमा यतिबेला चैत ११ गतेबाट १७ गतेसम्मको लागि सरकारले कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउनको लागि लकडाउन घोषणा गरेको छ ।  यस्तो समयमा कोरोना भाइरस विरुद्ध लड्ने कार्यमा सरकारको एक्लो प्रयासले परिणाम नआउन सक्छ हामी सबै नागरिहरुले सरकारी निर्देशनहरुको पालना गरी सरकारलाई साथ दिनु पर्दछ । 

1

Scroll to Top