Banijya News

उपभोग्य वस्तु छैन ? ११४९ मा फोन गरे घरमै आउँछ अत्यावश्यकीय सामान

1
1.1K Shares

१३ चैत्र २०७६

सरकारले काठमाडौँ उपत्यकावासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको जनाएको छ ।

उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४सै घण्टा उठ्ने टोल-फ्री नम्बर ११४९ मा फोन गर्न अनुरोध गरेको छ।

उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार घरघरमै खाद्य वस्तु पुर्‍याउन गृह मन्त्रालयले बिहीबार निर्देशन दिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन गृहमन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ।

1

Scroll to Top