१३ चैत्र २०७६
भारतीय अर्थमन्त्री सीता रमण र वित्त राज्य मन्त्री अनुराग ठाकुरले आज प्रधानमन्त्री गरिब कल्याण स्किमको घोषणा गरेका छन् । अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार दिउँसो एक लाख ७० हजार करोड सहयोग गर्ने घोषणा गरेकी छिन । सरकारले आगामी तीन महिनामा देशका करिब २० करोड महिलाको खातामा प्रतिमाह ५०० रुपैयाँ सहयोग पुर्याउने घोषणामा छ।
यस अनुरुप भारतले आफ्ना नागरिकलाई तीन महिनासम्म निशुल्क रुपमा चामल, गहुँ र दाल दिने भएको छ । एकजना ब्यक्तिका लागि ५ किलो गहुँ एक परिवारलााई एक किलो दाल र ५ किलो चामल सित्तैमा दिने घोषणा गरिएको छ । आगामी तीन महिनासम्म यस्तो रासन को ब्यबस्था गरिने बताइएको छ ।
प्रधानमन्त्री जनधन खाता अन्तर्गत बैंक खाता भएका करिब २०.५० करोड महिलालाई आगामी तीन महिनामा ५०० रुपैयाँ सहयोग दिइनेछ। यो रकम प्रत्येक महिना यी महिलाहरूको बैंक खातामा जम्मा हुनेछ।
यस्तै, भारतले कोरोना भाइरसको संक्रमितलाई ५० लाख रुपैयँसम्मको बीमाको घोषणा समेत गरेको छ ।


