Banijya News

‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

1
1.1K Shares

१७ चैत, बुटवल ।
आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवक बाबुराम थापाको कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई कोरोना नलागेको प्रष्ट भएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएपछि कोरोना लागेको भन्ने हल्ला हिजो फैलिएको थियो । उनको मृत्यु भएपनि कोरोना नभएको आज आएको रिपोर्टले प्रष्ट पारेको छ ।
उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट चैत ६ गते काठमाडौं आएका थिए । उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाब हिजो मात्र परीक्षणका लागि काठमाडौं पठाएको थियो । आज काठमाडौंबाट आएको रिपोर्टमा कारोना संक्रमण नभएको पुष्टी भएको हो ।

1

Scroll to Top