१७ चैत, काठमाडौं ।
कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारी सञ्चय कोषले २ करोड दिएको छ ।
कोषका सह—प्रशासक राजेन्द्र काफ्लेले सोमबार विज्ञप्ति मार्फत सहयोग स्वरुप यो रकम जम्मा गरेका हुन् ।
सरकारले ५० करोड रुपैयाँ राखेर खोलेको कोरोना रोकथाम कोषमा सरकारी तथा निजी क्षेत्रका र सर्वसाधरले पनि रकम जम्मा गरेका छन् । अहिलेसम्म कोषमा करिब २० करोड रुपैयाँ जम्मा भइसकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


