Banijya News

कोरोना नियन्त्रणका लागि अर्थबाट डेढ अर्ब रूपैयाँ निकासा

1
1.1K Shares

चैत २०, काठमाडौं ।
अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि डेढ अर्ब रूपैयाँ निकासा गरेको जनाएको छ ।
अर्थ मन्त्रालका प्रबक्ता उक्तम कुमार खत्रीका अनुसार स्वास्थ्य मन्त्रालयको बजेटबाट ८५ करोड र बाँकी रकम मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरेर रकम निकासा गरेको हो ।
उक्त रकम कोरोना संक्रमितको उपचार, नियन्त्रण तथा अस्पतालहरूको स्तरोन्तीमा खर्च गर्नेछ । उक्त रकम मध्ये कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड दिइएको छ । यसअघि चीनबाट विद्यार्थीको उद्धार गर्दा र क्वारेन्टाइनमा राख्दा भएको १३ करोड खर्च पनि निकासा भइसकेको छ ।

1

Scroll to Top