चैत २२, काठमाडांै ।
प्रधानमन्त्री केपी शार्म ओलीले शनिबार साँझ मन्त्रीपरिषद्को बैंठक डाकेका छन् । कारोना संक्रमिताको संख्यामा बृद्धि हुँदै जाँदा डाकिएको बैंठकमा लकडाउन थप्ने बारेपनि विशेष छलफल गर्ने सम्भावना बढेर गएको छ ।
स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको प्रशंसा गर्दै जोखिमलाई कम गर्न लकडाउनको अवधि अझै एकसाता लम्ब्याउनुपर्ने सुझाव दिएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी भित्री रुपमा थालेको हो । यसो भएमा नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने छ ।
त्यसो त सरकारले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रील १५ सम्म राख्ने यसअघि नै निर्णय गरिसकेको छ । अर्कोतर्फ भारतमा मोदी सरकारले २४ मार्चमा अप्रील १५ सम्मका लागि लकडाउन गरेको छ । योसँगै सरकारलाई लकडाउन गर्नुपर्ने दवाव परेको छ ।
स्वास्थ्य विज्ञ तथा मन्त्रीहरु भारतबाट नेपालमा मानिसहरुको प्रवेशको क्रम पछिल्लो पटक धेरै भएको र सबैलाई क्वारेन्टाइनमा नराखिएकोले कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने संभावना रहेको भन्दै तत्काल लकडाउन खोल्न नहुने पक्षमा देखिएका छन् । खुल्ला सीमाना भएका कारण पनि भारतले गरेजती समय लकडाउन गर्नु उचित देखिएको समय आजको मन्त्रपिरिषद बैंठकलाई विशेषरुपमा हेरिएको छ ।


