काठमाडौं, २३ चैत ।
लकडाउनका कारण तेश्रो मुलुकबाट भारतका बिभिन्न बन्दरगाह हुदै आएका २ हजार ३ मालबाहक कन्टेनर थन्किएका छन् । डेडसाता लामो लकडाउनमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ती गाडी थन्किएका हुन । कन्टेनरहरु गन्तव्यसम्म लग्न ढिलाई हुँदा वन्दरगाहमा राखिएको हो ।
छोटो दुरीका कन्टेनर ढुवानी भए पनि लामो दुरी गन्तव्य रहेका कन्टेनर ढुवानी हुन सकेका छैनन् । सो वन्दरगाहबाट दैनिक १ सय ५० देखि २ सयको संख्यामा मात्र कन्टेनर बाहिरिने गरेका छन् । लक डाउनको कारण भन्सारको कारोबार प्रभावित भएपछि राजश्व संकलनमा पनि नकारात्मक असर परिरहेको छ ।
बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्टका अनुसार लकडाउनको कारण ढुवानी समस्य आउँदा कन्टेनर थन्किएका हुन् ।


