२४ चैत काठमाडौं ।
कोरोनाभाइरस सुरुमा जनावरबाट मान्छेमा सरेको र पछि मान्छेबाट मान्छेमा सर्दै गएको चिकित्सकहरुले बताउँदै आएका थिए । तर, पहिलो पटक जनावर विरामी परेको छ। अहिले कोरोना मान्छेबाट बाघमा सरेको पाइएको छ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट न्यूयोर्कमा रहेको ब्रोंक्स चिडियाखानामा रहेको एउटा बाघमा कोरोना भाइरस संक्रमण देखिएको छ। सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान पोथी बाघ कोरोना भाइरसबाट सङ्क्रमित पाइएको हो । अयोवास्थित नेशनल भेटनरी सर्भिस ल्याबमा गरिएको परीक्षणमा उक्त बाघमा कोरोना पोजेटिभ पाइएको ब्रोंक्स चिडियाखानाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चिडियाखानामा रहेका सात बाघ बिरामी परेका छन्। तिमध्ये एउटामा कोरोना भाइरसका १९ वटा लक्षणहरु देखिएपछि परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
चीनले गरेको एक अध्ययनअनुसार, बाघ बिरालो प्रजातीमा पर्ने भएकाले घरेलु र जंगली दुवै जनावर कोरोनाको लागि संवेदनशील छन्। उनीहरुले एक–अर्कामा सार्न पनि सक्छन्।
मान्छेबाट जनावरमा यदि कोरोना सरेको हो भने संसारका धेरै जनावर मर्ने सम्भावना रहन्छ । जंगलमा रहेका जनावरमा मानिसबाट सरेको छ भने त्यसले ठूलो विनाश निम्त्याउने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । एजेन्सी ।


