चैत २५, काठमाडौं ।
कोरोनाको संक्रमण नियन्त्रणको लागि आम नेपालीलाई धैर्य धारण गर्नको लागि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् ।
विश्वभरी महामारीको रुपमा रहेको कोरोनाको कुनै पनि औषधि नभएकोले धैर्य नै मुख्य रोकथामको कारण भएकोले गर्दा धैर्य नियन्त्रणको लागि अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिएका छन् । साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।


