Banijya News

त्रिविबाट वैशाख र जेठमा संचालन गरिने सबै परीक्षा स्थगित (सूचनासहित)

1
1.1K Shares

२८ चैत्र काठमाडौं ।

त्रिभुवन विश्व विद्यालयले आउँदो बैशाख र जेठमा सचालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेको छ ।

त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले  वैशाख र जेठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाका कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना

1

Scroll to Top