Banijya News

राष्ट्र बैंकद्धारा ४० करोड बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

1
1.1K Shares

चैंत ३०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ४० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले बैदेशिक रोजगारमा जाने कामदारलाई लक्षित गरि ५ बर्षे बैदेशिक रोजगार बचत पत्र २०८२ शुक्रवारदेखि खुल्ला गरेको हो । एक जनाले घटीमा १० हजारसम्ममा आवेदन दिन सक्ने सकिने उक्त बचतपत्रमा बार्षिक १० प्रतिशतका दरले व्याज प्राप्त गर्न सकिने छ ।

प्रभु बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेशन, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, नविल बैंक, माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, प्रभु मनि ट्रान्सफर र सेवा रेमिट प्रालिका मुख्य कार्यलयबाट आवेदन दिन सकिनेछ । यस्को ब्याज तथा सावाँको लागि उपत्यकामा सबै बैक तथा वित्तीय सस्था र बाहिर जिल्लामा नेपाल बैंकबाट लिन सकिन्छ ।
कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र प्रतिलिपि र अन्य २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्ने छ ।
उक्त बचत पत्रमा बैदेशिक रोजगारमा रहेका र हालै नेपाल फर्किएका कामदारले आवेदन दिन सक्ने छन् । बचतपत्रको निष्काशन मिति २०७७ बैसाख २७, जेष्ठ २७ र अषाढ २७ गते गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्को सावा भुक्तानी मिति भने २०८२ बैसाख २८, जेष्ठ २८ र अषाढ २८ गते रहेको छ ।

1

Scroll to Top