Banijya News

भारतमा तिर्थ यात्रा गरेर फर्किएकी बागलुङकी अर्की एक महिलामा कोरोना पोजेटिभ देखियो

1
1.1K Shares

चैंत ३०, बागलुङ ।
बागलुङमा फेरी अर्की एक महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यस अगाडि दुईजनामा कोरोना संक्रमण देखिएको बागलुङमा ¥यापिड डाइगोनोस्टिक टेष्ट गर्दा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएको थियो । ती मध्ये काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । केही साताअघि भारतको तीर्थयात्रा गरेर फिर्किएकी उनमा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएको महिलाको थप परीक्षण गर्न उनको स्वाब संकलन गरी पोखरा वा काठमाडौं पठाउने पठाइएको छ । उनको काठमाडौ र पोखाराबाट थप रिपार्ट आएपछि फइनल रिर्पाट मानिने छ ।

1

Scroll to Top