०१ बैशाख, काठमाण्डौ
रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । ती युवा चैत्र १६ गते दिल्लीबाट गाँउ आएका पाइएको छ ।
आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
संक्रमण देखीएको यूवकलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताए । प्रजिअ घिमिरे लगायत सुरक्षाअधिकारीहरु बसेर चिकित्सकहरु सित परामर्स गरिरहेका छन् ।
भारतका बिभिन्न शहरमा कारोनाको संक्रमण बढ्न थाले पछि रौतहटबाट कामदारको रुपमा गएकाहरु घर फर्केका थिए । उनीहरु धेरै जसो घरमै लुकेर बस्ने गरेका छन् ।
५ हजारको हाराहारीमा भारत बसेर घर फर्केका छन् । उनीहरु सबै घरमा बसेका छन् । जिल्लाको बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाईनमा २ सय २० जनामा रहेको जिल्ला प्रहरी प्रमुख एसपि रबिराज खड्काले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित एक निको भइसकेका छन् । अरुको उपचार भइरहेको छ ।


