०१ बैशाख, काठमाण्डौ ।
बागलुङ काठेखोला–६ की ६५ वर्षीया एक महिलाको स्वाब परीक्षणमा कोरोना नदेखिएको पाइएको छ । उनको र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिएको थियो ।
उनको आइतबार स्वाब परीक्षण गरिएको हो । यसअघि, ति महिलाको शनिबार गरिएको टेस्टमा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि उनको स्वाब पोखरा ल्याइएको थियो। पोखरामा पीसीआर मेसिनमार्फत स्वाब परीक्षण गरिएको हो।
ती महिला लकडाउनअघि भारतको गया तीर्थयात्रामा गएर फर्केकी थिइन् ।


