०१ बैशाख, काठमाण्डौ
सरकारले लकडाउनको समय थप्ने तयारी गरेको छ । चैत ११ गतेदेखि लगाएको लकडाउनको समय एक हप्ता थप्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको जनाएको छ ।
सरकारले सुरुमा मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने गरी चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरेको थियो।
सरकारले पछिल्लोपटक थप गरेको लकडाउन बुधबार सकिँदैछ ।
सरकारले लकडाउन एक हप्ता लम्ब्याएमा वैशाख १० गते बन्दाबन्दीको एक महिना पूरा हुनेछ ।


