०३ चैत, काठमाण्डौ ।
नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को संक्रमण भए/नभएको पत्ता लगाउन विशेष सेवा सुरु गरेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसमा सहभागी हुन प्रयोगकर्ताले *१४१९# डायल गरेर सोधिएका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ।
नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट *१४१९# डायल गरेमा ज्वरो आए/नआएको, खोकी लागेकाे/नलागेकाे, श्वास फेर्न गार्हो भए/नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए/नआएको उत्तर दिनुपर्छ । उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन्।


