Banijya News

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारका लागि मात्र पास दिने

1
1.1K Shares

वैशाख ३, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ ।
पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।


हाल दैनिक ३० देखि ५० वटा मात्रै पास उपलब्ध गराउदै आएको प्रशासनले प्रेसर थाम्न नसकेपछि पास बन्द गरेको हो । कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने भएको हो । नक्कली बिरामी र सामान्य बिरामीले पनि पास उपलब्ध गराउन भन्दै फारम भरेको पाइएपछि जिल्ला प्रशासनले पास बन्द गरेको हो ।


प्रशासन कार्यालय काठमाडौंले इ–पास उपलब्ध गराउने भन्दै अनलाइन फारम भराएको थियो । वैशाख १ गतेबाट सुरु गरिएको अनलाइन फारममा काठमाडौंबाट बाहिर जानका लागि पहिलो दिन नै ८ हजारले फारम भरेपछि प्रशासनले पास बन्द गरेको हो ।

1

Scroll to Top