Banijya News

उपत्यकाका विभिन्न स्थानमा कालोबजारी गरी बढी मुल्यमा समान विक्री गर्नेलाई विभागद्धारा कारवाही

1
1.1K Shares

बैशाख ०४, काठमाडौं ।
लकडाउनको अवधिमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी गर्ने विभिन्न स्टोर्स तथा मासु पसललाई विभागले कारवाही गरेको छ । लकडाउनको अवधिमा बढी मूल्य लिएर खाद्यान्न बिक्री वितरण गर्ने महांकालको डेली ग्रोसरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार कारवाही गरेको छ ।

लकडाउनको मौका छोपी अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामानलाई दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि विभागले ग्रोसरीलाई कारवाही गरेको हो । बजार अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप २ हजार रुपैयाँ जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

विहीबार इमाडोलमा रहेको दिपशिखा स्टोर्समा खरिद बिल नभेटेपछि ५० हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ क वमोजिम अनुचित व्यापारिक क्रियाकलाप अनुसार कसुर गरेकोले ३१ (१) अनुसार जरिवाना गरिएको हो ।

विभागले बुधबार बढी मूल्यमा किराना सामाग्री बिक्री गरेको भन्दै सितापाइलाको स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी लिएको फेला परेपछि कारबाही गरेको हो ।


बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएपछि विभागले अनुगमनको कामलाई सक्रिय बनाएको छ । बुधबार गरिएको अनुमगनका क्रममा स्वयम्भूस्थित एउटा मार्ट पसलले एमआरपी भन्दा बढी मूल्य लिएको फेला परेपछि तत्काल दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । पछिल्लो डेढ सातामा चामल, दाल, गेडागुडी, तेल, चिनी, नुन जस्ता खाद्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।


प्रतिबोरा ९ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका चामल बोरामै एक सय रुपैयाँले भाउ बढेको खुद्रा व्यापार संघले जनाएको छ । एक साताअघि १५० रुपैयाँ पाइएको मुसुरोका दालमा किलोमै १५ देखि २५ रुपैयाँ, १५० रुपैयाँको मुग दालमा ३० रुपैयाँ तथा मासको दाल १३० रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १६० रुपैयाँ पु(याइएको छ । खुद्रामा चिनीको मूल्य ७५ रुपैयाँ किलोबाट १० रुपैयाँले बढाएर ८५ पु¥याइएको छ । यस्तै भटमासको तेल प्रतिलिटरमा १५ रुपैयाँ तथा सनफ्लावर तेलमा पनि ४० रुपैयाँले मूल्य बढेको देखिए पछि कारवाही गरेको हो ।

1

Scroll to Top